कृषि प्रधान देशमा किसानलाई समयमा मल नपाउँदा चिन्तित, डिलरबाला मालामाल

19

सत्येन्द्र प्रताप सिंह,
रौतहट ।

रौतहटमा सधैँ झैँ यो बर्ष पनि किसानहरु मलखाधको अभावमा दुखि भएको छ । नेपाललाई कृषि प्रधान देश भनिे पनि सरकारले कृषकहरु प्रति कुनै चासो नदेखाएको कृषकहरुले आफ्नो पिडा पोखेका छन । रौतहटको बृन्दावन नगरपालिका ३ का राम नरेश यादबले २ बिघा धान खेति गर्दै आईरहेको छ । तर उहाँले प्रत्येक बर्षमा अलिअलि केहि मलखाध उपलब्ध हुँदा त्यति समस्या नरहेको थियो तर यस बर्ष मलखादको अभावले २ बिघामा हुने २०० मन धान त यसपालि मलको अभावको कारण १०० मन धान पनि नहुने जस्तो उहाँले आफ्नो दुःख बताए । साल भरिमा बसेर खान धान नहुँदा घर परिवार पनि चलाउन निकै समस्या हुने बताएका छन् । सरकारले मल उपलब्ध पनि नगराउने हामी छिमेकी मुलुक भारतबाट आफ्नो प्रयोग गर्नको लागी एक दुई बोरा मल ल्याउदा सरकारले आफ्नो प्रशासन लगाएर खोसने कृषक राम नरेश यादबले आफ्नो पिडा सरकार सम्क्ष पुरयाई दिन पनि आग्रह गर्नु भयो ।

संसारमा करिब १६ करोड ७१ लाख हेक्टरमा धान खेती भई ७८ करोड २० लाख मेट्रिक टन उत्पादन भएको पाइन्छ जसको ९० प्रतिशत उत्पादन तथा खपत एशियाली मुलुकहरुमै हुन्छ । उत्पादनको दृष्टिले हेर्दा विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ र त्यसपछी भारत, इन्डोनेशिया, बंगलादेश, भियतनाम प्रमुख धान उत्पादक राष्ट्रहरु रहेको छ भने नेपाल १७ औं स्थानमा पर्दछ । धान हाम्रो खाद्यान्न मात्र नभएर संस्कृतिको धरोहर पनि हो । नेपाली समाजका हरेक सामाजिक एवम् सांस्कृतिक कार्यहरुमा धानकै प्राधान्यता रहने हुँदा धान समाजमा अभिन्न पक्षको रुपमा स्थापित छ । हरेक नेपालीको जन्मदेखि मृत्यु सम्मका कर्ममा धानको प्रयोग अपरिहार्य हुन्छ भने वर्षभरी मनाइने विभिन्न चाडपर्वहरुमा समेत यसकै बर्चश्व रहन्छ ।

उर्वर भूमी भए पनि कृषकलाई चाहिने अत्यावश्यक सामग्रीहरुको अभावका बारेमा सरकारले कुनै वास्ता नगर्दा धान उत्पादन गर्ने रौतहटका कृषकहरु आन्दोलित हुदैँ आईरहेको छन । खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरिरहेका छन । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भएको र भारतीय सिमाक्षेत्रबाट ल्याउदा समेत कानूनी झन्झटको सामना गर्नु परेको किसानको दुखेसो छ । नेपाली बजारमा नपाइने र भारतबाट समेत ल्याउन नदिए पछि किसान आक्रोशित बनेका छन ।किसानले माँग गरे बमोजिमको मलखाद नेपाल सरकारले उपलब्ध गराउन सकेको छैन । वर्षेनी मलखादको समस्याबाट भोग्नु परेका किसानले खेती गर्न सास्ती खेप्नु परेको छ ।अहिले यूरिया मल उपलब्ध हुन नसक्दा १० बोरा लागत हुने किसानले २ बोरा मुस्कीलले पाउने गरेको किसानहरुले बताए । मल खाध सरकारले सँस्थालाई दिने त्यपछि सँस्थानले डिलरलाई दिईरहेको पनि स्पष्ट रहेको छ ।

तर सँस्था मल डिलरलाई दिँदा पनि डिलरका सँन्चालकले त्यो मलको चरम दुरुपयोग गरिरहेको किसानहरुले बताएका छन ।डिलरबालाले सँस्थानसँग ९५० रुपैँयामा युरिया मल ल्याउदा ब्लैकगरि डिलरबालाले सो युरियालाई १७००/१८०० सयमा बिक्रि गरिरहेको स्थानियबासिहरुले बताएका छन ।त्यति मात्र कहाँ हो सँस्थानबाट मल ल्याउदा डिलरबालाले आधि खाद बिच बाटोमै अरु ठाउँमा राख्ने र बाकीँ रहेको मल आफ्नो डिलरमा ल्याउदा किसानलाई यति मात्र मलखाद दिएको बताउदैँ ठगि गरि रहेको गुनासो समेत बढन थालेको छ । सो प्रबिधिलाई स्थानिय सरकारले पनि चासो नदिदा कृषकहरुले स्थानिय तहलाई पनि ध्यान आकर्षण गराएका थिए । यस्तो कार्यलाई छिटो भन्दा छिटो रोक्न पिडक किसानहरुले स्थानीय तहको सरकारसँग बिनम्र अनुरोध गरेका छन ।