पूर्वसांसद अजय चौरसियासहित नेपाली काँग्रेसको टोली भारत जादै

भाजपाका

58

वीरगञ्ज ।

सत्तारुढ नेपाली काँग्रेसको प्रतिनिधि मण्डल भारत भ्रमणमा जाने भएको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा काँग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको टोली बिहीबार भारत जान लागेको हो ।

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा महतका साथै नेताहरु पर्साका पूर्वसांसद अजय चौरसिया र उदय शम्शेर राणा भारत जान लागेका हुन् । यसअघि चौथाइवालेले भदौको पहिलो साता काँग्रेसका सहमहामन्त्री महतको निमन्त्रणामा नेपाल भ्रमण गरेका थिए । भारतीय जनता पार्टीको विदेश विभागको निमन्त्रणामा टोली पाँचदिने भ्रमणका लागि भारत जान लागेको हो । 

नेता चौरसिया अनुसार काँग्र्रेस प्रतिनिधिमण्डलले भाजपा अध्यक्ष जेपी नड्डा, राष्ट्रिय महासचिव अरुण सिंह र वैदेशिक मामिला विभागका प्रमुख चौथाइवाले र भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने कार्यक्रम छ ।टोलीले नयाँ दिल्ली, मुम्बई र वनारसको भ्रमण गर्नुका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पनि भेट गर्ने कार्यक्रम छ ।