करेन्ट लागेर एक किशोरीको मृत्यु

41

सत्येन्द्र प्रताप सिंह
रौतहट।
रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर न पा ७ का रामेश्वर यादवका १४ वर्षीय छोरी रुवी कुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । घाँस लिन गएकी रुवी कुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्र ना नी प्रभुप्रसाद साहले बताए।धारामा जोडिएको मोटरबाट विद्युत प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ भन्ने सो घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।