चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

34

बिरगंज।

प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई बिरगंजबाट पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने २४ वर्षीय अरमान देवान, ३० वर्षीय सदाम अन्सारी र २७ वर्षीय सहमत अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका–१० स्थित प्रभु बैंक अगाडिबाट २०७७ असोज २२ गते शुक्रवार वीरगञ्ज महानगरपालिका–१५ बस्ने विवेक कुमार यादवको ना ४८ प ९३६९ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

सूचना पाएलगत्तै खटिएको टोलीले खोजतलासको क्रममा मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको  र उनीहरु विरुद्ध चोरीसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।