जसपा र लोसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रबेश

66

वीरगंज ।

जगरनाथपुर गाउँपालिका वडा नं. २ लक्ष्मीपुरमा शुक्रबार नेपाली कांग्रेसको पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ । जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गरेका छन् ।

कार्यक्रममा स्थानिय नेता लालबाबु चौहान, रामबाबु चौहान, जमुना यादव, प्रभु चौहान, नागेन्द्र प्रसाद चौहान, अजय प्रसाद चौहान, असर्फी यादव, सुकई यादव, काशी प्रसाद चौहान, उमेश गिरी, सुरेश प्रसाद चौहान, मुकेश प्रसाद चौहान, ठग महतो, गाया यादव, माया यादव लगायतकाले पार्टी प्रबेश गरेको नेपाली कांग्रस पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले जानकारी दिए ।

नेपाली कांग्रेसको विकल्प नरहेको पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दे नेपाली कांग्रेसका केन्द्रिय सदस्य नेता रमेश रिजालले दाबी गरे । उनले अहिले चुनाव कसले गराउन विषयमा देशमा राजनिति भइरहेको वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेता रिजालले नेपाली कांग्रेस नेतृत्वको सरकार नै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउन वताए । उनले भने “नेपाली कांग्रेस नेतृत्वको सरकार भए पनि गठबन्धनले सरकार संचालन गरेका कारण सोचे अनुसारको काम प्रधानमन्त्री देउवाले गर्न सक्नु भएको छैन् । उनले एमसिसि पास भए अमेरिकाले देश कब्जा गर्छ गाउँ गाउँमा फैलाइएको हल्ला गलत भएको वताए ।

नेपाली कांग्रेसका वडा सभापति एकबाली साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, महासमिति सदस्य बशिष्ठ नारायण कुर्मी, रामदेव चौहान, जिल्ला सदस्य प्रेम थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।