नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता

46

बिरगंज ।
भारत भ्रमणको तेस्रो दिन नेपाली कांग्रेसको प्रतिनिधिभण्डलले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेटवार्ता गरेको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोलीले सनिवार अपराह्न मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता गरेको उत्तर प्रदेशको राजधानी लखनउबाट अजय चौरसियाले जानकारी दिए ।
नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाटमा मुख्यमन्त्री आदित्यनाथले नेपाली जनता धेरै विश्वसनीय रहेको चर्चा गरेक थिए । उनले समान धर्म र संस्कृति रहेको दुई देशका जनताबीचको सम्बनधलाई थप बलियो बनाउनुपर्नेमा दुवै पक्षका सरकारले जोड दिनुपर्ने उल्लेख गरे । उनले नेपाललाई सहयोग गर्ने कुरालाई भारतले सदैव प्राथमिकतामा राख्नुपर्ने र समस्याहरुको समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

उक्त द्धिपक्षीय भेटमा नेपालका तर्फबाट डा महतसहित नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतका तर्फबाट भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता आश्विन जोहर थिए ।