नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश न.२ को आयोजनामा बिजया दशमीको सुभकामना आदानप्रदान तथा चित्रकला प्रदर्शनी

16

बिरगंज ।

नेपाल उद्योग वाणिज्य महासघ प्रदेश न.२ द्वारा बिजया दशमीको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम बिरगञ्ज स्थित होटेल भिस्वामा सम्पन्न भएको हो । शुभकामना अदान प्रदान कर्यक्रम स्थानीय कला संस्कृति तथा स्थानहरुको चित्रहरुको प्रदर्शनीका कारण आकर्षण बनेको थियो ।

चित्रकला प्रदर्शनी राख्नुको उदेश्य तराईका कला संस्कृतिको सम्बर्दन, संरक्षण, कला प्रति रुझान बधाउनु, तथा कलाकारहरुको मनोबल बढाउनुका साथै आर्थिक हिसाबले मजबूत र सबल बनाउनु रहेको कलाकार अजमत अलिले बताएका थिए ।

प्रदर्शनमा रखिएको चित्रकार मुकेश महतोको चित्रमा फेवरिक र जल रंगद्वारा हिमाल पहाड़का मनोरम दृश्य र बिरगञ्जको मुटु घंटाघर र घड़िअरवा पोखरीको सुंदर चित्रण गरिएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश न.२ का उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, वीरञ्गज महानगरपालिकाका प्रमुख विजय सरवागी, पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, नेपाल पत्रकार महासघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, बिरगञ्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष अशोक टेमानि, विभिन्न उद्योगपति, व्यापारीहरु, समाजसेबि, विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरु, संघसस्थाका पदाधिकारीहरु, सन्चारकर्मिहरु, एनजिओ–आईएनजिओका पदाधिकारीहरु, बुद्धिजिबिहरुको सहभागिता रहेको थियो ।