साफ च्याम्पियनसिप : बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल फाइनलमा

12

काठमाडौं-

नेपाल साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

बंगलादेशले नवौं मिनेटमा सुमन रेजाको गोलमार्फत् अग्रता लिएको थियो। ८८औं मिनेटमा नेपालले बराबरी गोल फर्काएको हो। नेपालका लागि अञ्जन विष्टले गोल गरेका हुन्।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको यो नै पहिलोपटक हो।