भारतका पूर्व प्रधानमन्त्री मनमोह सिंह अस्पताल भर्ना

27

काठमाडौं-

भारतीय पूर्व प्रधानमन्त्री मनमोह सिंह अस्पताल भर्ना भएका छन्। सिंहलाई दिल्लीस्थित एम्समा भर्ना गराइएको हो।

समाचार एजेन्सी एएनआईको रिपोर्टका अनुसार, ८९ वर्षीय मनमोहन सिंहलाई ज्वरो आएको जनाइएको छ। अब उनको अवस्था स्थिर रहेको बताइएको छ।

कांग्रेस पार्टीको ‍ आधिकारिक ट्विटरमा सिंहको स्वास्थ्यको सुधारका लागि प्रार्थना गर्ने उल्लेख गरिएको छ।