Home समाचार रौतहटको चिरान मिलमा छापा, अवैध काठ बरामद

रौतहटको चिरान मिलमा छापा, अवैध काठ बरामद

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, ३० कार्तिक ।
रौतहटबाट अवैध साल जातको चिरान काठ बरामद गरिएको छ । जिल्लाको बृन्दाबन नगरपालिका वडा नम्वर–६ हर्साहा चिरान मिलबाट सो काठ बरामद गरिएको हो । चन्द्रनिगाहपुर सब डिभिजन र रङगपुर साझेदारी बन कार्यालयबाट खटेको संयुक्त टोलिले सो मिलमा छापा मार्दा काठ बरामद भएको रङगपुर साझेदारी बन समितिले जनाएको छ । बरामद काठ आवश्यक कारवाहीको लागि डिविजन बन कार्यालय चन्द्रनिगाहपुरमा पठाएको रङगपुर साझेदारी बन कार्यालयले जानकारी दिएका छन् । यस्ता रौतहटमा बिभिन्न चिरान मिलहरु रहेको छ जुन बिना कुनै प्रमाण र कागजात बिना नै सँन्चालनमा रहेको छ । त्यस्ता चिरान मिलहरु पैसाको र पावरको भरमा नै चलाउदै आईरहेको छ । त्यस्ता चिरान मिलबाट पैँसा असुलि गरेर छोडेको पनि गुनासो आएको छ । डिभिजन बन कार्यालयका प्रमुख र प्रहरीहरुले आज छापामारी बरामद गरेको कार्य सराहनिय रहेको छ । तर रौतहटमा यस्ता धेरै चिरान मिलहरु छन जुन बिना प्रमाण र पावरको भरमा चलाउदैँ आईरहेको छ यस्तालाई खोजबिन गरि नियन्त्रणमा लिन आग्रह पनि गरेका छन । यस्ता चिरान मिलको आडमा बिभिन्न किसिमको काठ जातिको तस्करी भईरहेको पाईएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.