काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन कृषि कानुन फिर्ता लिने घोषणा गरेका छन्। शुक्रबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले उक्त घोषणा गरेका हुन् ।
‘आज म पूरै देशलाई यो बताउन आएको छु कि हामीले तीनैवटा कृषि कानुन फिर्ता लिने निर्णय गरेका छौं। यस महिनाको अन्त्यमा सुरु हुन लागेको संसद्को सत्रमा हामी तीन कृषि कानुनलाई रद्द गर्ने संवैधानिक प्रकृयालाई पूरा गर्ने छौं।’कानुनलाई एक वर्गले मात्र विरोध गरिरहेको भएपनि यो आफ्ना लागि महत्वपूर्ण भएको उनले बताए।
गत एक वर्षदेखि उक्त कानुन फिर्ता लिनुपर्ने मागसहित किसानहरु दिल्लीको सिमानामा आन्दोलनरत छन् ।