ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

123

संतोष रन्जितकार
वीरगंज, ४ मंसिर ।
सवारी दुर्घटना सम्बन्धमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सयुँक्त आयोजनामा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
वीरगञ्ज महानगरपालिका क्षेत्रलाई मध्यनजर गर्दै आयोजना गरिएको १५ दिने सचेतना कार्यक्रम अन्र्तगत आज आठौँ दिन आदर्शनगरमा सचेतना फैलाइएको थियो ।


कार्यक्रममा मोटरसाइकल तथा स्कुटर चालकहरुलाई सवारी दुर्घटना सम्बन्धी जानकारी गराइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो । एक हजार पिस सचेतना मुलक भनाईहरु लेखिएको पम्पलेट समेत वितरण गरिएको थियो भने उक्त पम्पलेटमा सवारी दुर्घटनाबाट जोगिन हेल्मेटको प्रयोग, मदिरा, लागुऔषध सेवन गरी सवारी साधन नचलाउने, लाइसेन्स नभएकालाई सवारी साधन चलाउन नदिने, सवारी साधन चलाउँदा राति पशु, चौपाया, खाल्डाखुल्डीबाट जोगिएर चलाउने, ट्राफिक नियम र सड्ढेतको पालना गर्नेलगायतका कुराहरु उल्लेख गरिएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रहरी नायब निरीक्षक दीपेन्द्र साह, प्रहरी चौकी आदर्शनगरका प्रहरी नायब निरीक्षक हीराबहादुर बुढाथोकी लगायतको सहभागिता थियो ।

https://ankushdaily.com/