Home समाचार रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई

रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार भट्टराईलाई

by अंकुश दैनिक
0 views

इलाम,

प्रजातान्त्रिक योद्धा तथा समाजसेवी स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा स्थापना गरिएको ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता पुरस्कार २०७८’ इलामका पत्रकार विजयशेखर भट्टराईलाई प्रदान गरिएको छ ।

दुलाल परिवारसँगको सहकार्यमा नेपाल प्रेस युनियन इलाम शाखाले स्वर्गीय रामप्रसाद दुलालको स्मृतिमा २० हजार रुपैयाँ राशिको पुरस्कार स्थापना गरेको थियो । शनिबार इलाममा एक समारोह आयोजना गरेर भट्टराईलाई २० हजार रुपैयाँ राशिको पुरस्कार प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रदान गरे । करिब तीन दशकदेखि पत्रकारितामा क्रियाशील भट्टराई हाल नेपाल टेलिभिजनको संवाददाताको रूपमा कार्यरत छन् । यस अघि उनी सन्दकपुर दैनिक, नेपालबाणी एफएम, राष्ट्रिय समाचार समितिलगायतका सञ्चार माध्यममा कार्यरत थिए ।

इलाम जिल्लामा प्रजातान्त्रिक विचारधारा स्थापित गराउन क्रियाशील रहेर दुलाल समाजसेवामा समेत कहलिएका व्यक्ति हुन् । समाजसेवामा अग्रसर रहेका दुलाललाई ‘जिल्ला बा’ को उपनामले समेत चिनिने गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

समाज विकासमा दुलालले पुर्‍याएको योगदानलाई जीवन्त राख्नको लागि पत्रकारिता पुरस्कार स्थापना गरिएको प्रेस युनियनका केन्द्रीय सदस्य तथा उनका नाति माधव प्रसाद चम्लागाईंले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.