Home समाचार वीउवासंघद्वारा मुजफ्फरपुर संसदीय क्षेत्रका सांसदसंग छलफल

वीउवासंघद्वारा मुजफ्फरपुर संसदीय क्षेत्रका सांसदसंग छलफल

by अंकुश दैनिक
0 views

वीरगञ्ज, ३ मङ्सिर ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा भारतको मुजफ्फरपुर संसदीय क्षेत्रका सांसद अजय निषादसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
छलफलका क्रममा वीउवासङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले रक्सौल तथा वरपरको क्षेत्रमा रहेको भौतिक पूर्वाधारको अवस्थाप्रति ध्यानाकर्षण गराउँदै सडक, राजमार्ग निर्माण तथा स्तरोन्नतिको लागि पहल गर्न आग्रह गर्नुभयो । उहाँले सन् १९७५ अगाडि नै सञ्चालनमा आई केहि कारणबस बन्द हुन गएको रक्सौल एयरपोर्टको स्तरोन्नति गरी पुन: सञ्चालनमा ल्याउन तथा रक्सौल र भारतको मुख्य शहरहरुलाई द्रुत रेलमार्गबाट जोड्न सुपर फास्ट टूेन सञ्चालनको लागि पनि सांसद निषादसँग आग्रह गर्नुभयो । वीउवासङ्घका अध्यक्ष गुप्ताले वीरगञ्ज(रक्सौल नाकाबाट दिनहुँजसो लाखौं यात्रुहरु आवागमन गर्ने भएकोले वीरगञ्ज ( रक्सौल बोर्डरलाई ह्यापी बोर्डरको रुपमा परिणत गरिनुपर्ने हाम्रो धारणा राख्नु भयो । उहाँले नाकालाई ह्यापी बोर्डरको रुपमा परिणत गर्न बोर्डरदेखि २५(२५ कि.मि. सम्मको क्षेत्रको भौतिक पूर्वाधार विकास हुनुपर्ने, बोर्डरमा कुनै यात्रुलाई कष्ट नहुने किसिमको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नुहुँदै पर्यटकहरुको लागि आकर्षणको केन्द्रबिन्दुको बन्ने किसिमले मितेरी पुललाई गेटवे पुलको रुपमा निर्माण गर्न आवश्यक पहलको लागि सांसद निषादसँग आग्रह गनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. २ का ऊर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले वीउवासङ्घबाट प्रस्तुत एजेन्डाहरुलाई पूरा गर्न तथा नेपाल(भारतको सीमा क्षेत्रको विकासको लागि प्रदेश सरकारको तर्फबाट गरिनु पर्ने पहल आफूले गर्ने बताउनुभयो । मन्त्री शर्माले सांसद अजय निषादलाई जनकपुर, काठमाण्डौं र मुक्तिनाथको दर्शन गर्न निमन्त्रणा समेत दिनु भएको थियो ।
सांसद अजय निषादले वीउवासङ्घबाट उठाइएको विकास सम्बन्धी मुद्दाहरुलाई आफूले सकारात्मक रुपमा लिएको बताउनुभयो । उहाँले सङ्घबाट उठाइएका मुद्दाहरुलाई मूर्त रुप प्रदान गर्न आफूले पहल गर्ने र सङ्घद्वारा उठाइएका विषय निर्माणका विषयहरुलाई प्रदेश सरकार र केन्द्रीय सरकारलाई लिखित रुपमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद निषादले अनुकूल समय मिलाएर आफू निम्तो मान्न आउने कुरा बताउनुभएको थियो ।
कार्यक्रममा बोर्डर फर मिडिया हार्मोनी, भारतका अध्यक्ष श्री अमरेन्द्र तिवारीज्यू, सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैध, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, सचिव आशीषकुमार लाठ, का.स.स. नरेश टिबडेवालले नेपाल(भारत सीमावर्ती क्षेत्रसँग जोडिएका विषयहरुका सम्बन्धमा आ(आफ्ना धारणा राख्नुभएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.