Home मुख्य समाचार जसपा कार्यकारिणी समिति बैठक : सांसद प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो हुने

जसपा कार्यकारिणी समिति बैठक : सांसद प्रदीप यादवको स्पष्टीकरणको छिनोफानो हुने

by अंकुश दैनिक
0 views

काठमाडौं,

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ ।

यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो । उपेन्द्र यादव र जसपाको झण्डा नै जलाइएको थियो । यो सबै यादवले नै गराएको भन्दै पार्टीले उनलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो । यादवले त्यसलाई अस्वीकार गर्दै जवाफ पठाइसकेका छन् ।

उनको जवाफमाथि छलफल गरेर कारवाही गर्न कि सफाई दिने भन्ने निर्णय केन्द्रीय कार्यकारिणी समितिले गर्नेछ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.