Home समाचार पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर

पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर

by अंकुश दैनिक
0 views

काठमाडौं,

भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् ।

संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराएका हुन् ।

शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो ।

शिविर सकएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.