Home समाचार लालबकैयामा समयमै पुल नबन्दा सर्वसाधारणलाई सास्ति

लालबकैयामा समयमै पुल नबन्दा सर्वसाधारणलाई सास्ति

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, ५ मंसिर ।
रौतहटको बिभिन्न ठाउँमा जनप्रतिनिधिको कारण बिभिन्न ठाउँका स्थानियहरु सास्ति खेपिरहेका छन । रौतहट जिल्लाको सदरमुकाम गौर र ईशनाथ नगरपालिकालाई जोडने लालबकैयामा पुल नबन्दा बाँसको लचका जोखिम मोलेर वारिपारि गर्ने सर्वसाधारण बाध्य भएको छ । सदरमुकाम गौर जोड्ने लालबकैया घाटमा करिब आठ वर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । ईशनाथ नगरपालिकाका स्थानीयलाई सदरमुकाममा काम गर्न तथा आवतजावत गर्न समेत समस्या भएको छ।टिकुलिया घाटमा ईशनाथ नगरपालिका वासीलाई आवतजावत गर्न गराउन सजिलोपना होस भनी नगर प्रमुख संतोश मेहताको निर्देशनमा डाइभर्सन निर्माणकार्य हुन्थ्यो तर यस वर्ष भने नगर प्रमुख मेहताले कुनै चासो समेत नदेखाएको नगरवासीहरुको गुनासो छ ।

गौरबाट ईशनाथ नगरपालिका कार्यालयमा कर्मचारीलाई जान ५ किलो मिटर बाटो सडक खण्ड पर्ने लालबकैया नदिमा डाइभर्सन न बन्दा १७ किलो मिटरको सडक घुमेर जानु पर्ने बाध्यता रहेको छ । डाइभर्सन समयमा न बनेसम्म ज्यान जोखिममा राखि बासको लच्कामा सवार भइ आवतजावत गर्न बाध्य भएको स्थानीयको भनाइ छ ।सो कार्य गर्न निर्देशन समयमै दिनको लागि इशनाथ नगरपालिकाको मेयर संतोश मेहताको ध्यानाकर्षण गराउन समेत स्थानीयले बताएका छन् । तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले शिलान्यास गरेको पुल २०७४ सालमा पुरा गर्ने जिम्मेवारी सहित पप्पु कन्ट्रक्सनले ठेक्का लिए तर हाल सम्म पुलको ६० प्रतिशत पनि प्रगति हुन सकेको छैनन् । बर्षाको समयमा वारिपारि गर्दा ज्यान गुमाउदै आए पनि सरकार यस प्रति उदासिनता देखाएको स्थानियहरु गुनासो गरेका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.