Home समाचार सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा आश्रममा रहेका छात्राहरुलाई खाना खुवाइयो

सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा आश्रममा रहेका छात्राहरुलाई खाना खुवाइयो

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, ५ मंसिर ।
समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलले एक कार्यक्रमको आयोजना गरी आश्रममा रहेका छात्राहरुलाई खाजा तथा खाना खुवाएको छ ।
समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले आइतबार जनजाती कल्याण आश्रम नेपाल आमाको माया छात्रा बास बिरगंजमा रहेका छात्राहरुलाई सात दिनको बिहान बेलुकीको खाना र खाजाको ब्यवस्था गरेको हो ।


सो कार्यक्रम समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य सन्तोषमान रन्जितकारको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि रिलिफ सोसाइटी बिरगंजका पुर्ब अध्यक्ष अशोक लाठ रहनु भएका थिए । आश्रममा रहेका छात्राहरुसंग देबी सरस्वतीको बन्दना तथा प्रार्थना गर्दै कार्यक्रम सुभारम्भ गरिएको थियो ।


कार्यक्रममा मुनालाइट बोर्डि· स्कुलका प्रिन्सपल श्याम केशीले अन्तरक्रीया समेत गराएका थिए । प्रत्येक दिन छात्राहरुको लागि ज्ञान सम्बन्धि कार्यक्रमको आयोजनाको साथै आउदो दिनहरुमा समाजिक कार्यलाई निरन्तरता दिईरहेने समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रमेश कुमार चौधरीले बताए ।
कार्यक्रममा समुदायिक सेवा केन्द्रका पदाधिकारी महिला प्रहरी हवल्दार सुनिता बिक ,प्रहरी जवान कुमार बिक, सन्चारकर्मी अजित भुजेल लागायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.