Home समाचार प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा नेपाली कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

by अंकुश दैनिक
0 views

काठमाडौं ।
नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

दोलखाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतसहित विजयी भएका शिवाकोटीले मुलधारको पार्टी राजनीति गर्ने तयारी गरेका हुन् ।

‘म कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेवारी दिँदैछु। यतिन्जेल पत्रकारिता गरेँ। प्रेस युनियनको महासचिव पनि छु। अब म पार्टीमा लागिसकेकोले फेरि सक्रिय रूपमा प्रेस युनियन वा पत्रकारितामा फर्किन्न, पार्टी राजनीतिमै सक्रिय हुन्छु,’ शिवाकोटीले भने।

कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने विधानको व्यवस्था छ। मनोनित ३३ सहित विभिन्न कलष्टरबाट केन्द्रीय सदस्य निर्वाचित हुँदै समग्रमा १६८ सदस्यीय कांग्रेस केन्द्रीय समिति बन्छ।

उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने दाबीसमेत गरेका छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.