Home समाचार जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख सहयोग

by अंकुश दैनिक
0 views

जनकपुरधाम,

हात्तीको आक्रमणबाट मृत्यु भएका धनुषाका एक मृतकको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग गरेको छ ।

२०७७ चैत १६ सालमा घरमा सुतिरहेका मिथिला नगरपालिका-८ बस्ने ८० वर्षीय पदमबहादुर खपतडीको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको थियो ।

बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत सुनिल कर्णले संयुक्त रूपमा मृतका परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेका छन् ।

वन्यजन्तुबाट हुने राहत सहयोग २०६९ को संशोधन २०७४ अनुसार पीडितलाई आर्थिक सहयोग गरिएको डिभिजन वन कार्यालय धनुषाका वन अधिकृत कर्णले जानकारी दिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.