सामुदायिक सेवा केन्द्रद्वारा छात्रावासमा रहेका बालबालिकाहरुको लागुऔषध सम्बन्धि जनचेतनामूलक कार्यक्रम

चौथो दिनपनि खाना खुवाउने कार्यक्रम जारी

11

संतोष रन्जितकार
वीरगंज, ८ मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलले चौथो दिन पनि आश्रममा रहेका छात्राहरुलाई माक्स बितरण गर्नुको साथै खाजा तथा खाना खुवाएको छ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले आइतबार जनजाती कल्याण आश्रम नेपाल आमाको माया छात्राबास आश्रममा रहेका छात्राहरुलाई सात दिनको बिहान बेलुकीको खाना र खाजाको ब्यवस्था गर्नुको साथै जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा लागू औषध, मादक पदार्थ तथा सुर्तीजन्य पदार्थले पार्ने नकारात्मक असर सम्बन्धि चेतना कार्यक्रमको आयोजना गरिएको थियो ।


सो कार्यक्रम समुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि बिरगंज वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया रहनु भएका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक श्रेष्ठ रहेका थिए । आश्रममा रहेका छात्राहरुसंग देबी सरस्वतीको बन्दना तथा प्रार्थना गर्दै कार्यक्रम सुभारम्भ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय पर्साबाट आउनु भएका प्रहरी निरीक्षक दिपक श्रेष्ठले लागू औषध, मादक पदार्थ तथा सुर्तीजन्य पदाथले पार्ने नकारात्मक असर सम्बन्धि प्रोजेक्टरमार्फत आश्रममा रहेका बालबालिकाहरुमा चेतना फैलाएका थिए । उनले यस्तो लतमा लाग्न नहुने, यस्तो लतबाट टाढा रहने तथा कोही यो लतमा फसेको छ भने उसलाई कसरी निकाल्ने भन्ने बारेमा जानकारी गराएका थिए ।

त्यसैगरी कन्चनज·ा बोर्डि· स्कुलका प्रबन्ध निर्देशक मार्टिन मोक्तानले त्यहा रहेका छात्राहरुको हौसला बढाउन हस्तकला तथा चित्रकला प्रतियोगिता कार्यक्रमको आयोजना समेत गरिने र पहिलो दोस्रो तेस्रो हुने लाई सो कन्ज·ा बोर्डि· स्कुल को तर्फ बाट पुरस्कार समेत दिइने जानकारी गराउनु भयो ।


आश्रममा रहेका बालबालिकाहरुको शिक्षा तथा खानपान भएको कमी कमजोरीलाई आफुले जे–जसरी भएपनि सुधार गर्ने सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष चौधरीको भनाई रहेको थियो । बुधबार पनि प्रत्येक दिन झै आश्रममा रहेका बालबालिकाहरुको लागि ज्ञान सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार एवम् मुनलाईट स्कुलका प्रिन्सिपल श्याम केसि, बिरगंजका युवा कलाकार युवराज केशरी, आदर्शनगरका प्रहरी नायब निरीक्षक गौरी शंकर साह, रुपेश हस्दा, सन्जु दहाल, इन्दिरा पोखरेल, सम्झना मल्ल, ज्ञान माया रायमाझी, प्रहरी हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार बिक, सन्चारकर्मी लालबाबू सिंह लगायत छात्रवासका २४ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।