Home समाचार अनेरास्ववियू पर्साद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन

अनेरास्ववियू पर्साद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, ९ मंसिर ।
सतारुढ दल निकटको विद्धार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) पर्साले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिहिवार विरोधमा वीरगंजमा मोटरसाइकल नचढी गुडाएर विरोध प्रदर्शान गरेको छ ।
वीरगंजको माइस्थान चौकमा जम्मा भएका अनेरास्ववियूका नेताहरुले त्यहाँबाट मोटरसाइकल हाथ ले गुडाएर घण्टाघर चौकमा पुगेका थिए । विरोध प्रदर्शनमा सहभागिहरुले भ्रष्ट आयल निगम मुर्दाबाद, पेट्रौलियम पदार्थको मूल्य बृद्धि खारेज गर जस्ता लगायतका नाराहरु लगाएका थिए ।
अनेरास्ववियू (क्रान्तिकारी) पर्साका जिल्ला अध्यक्ष कबिराज पटेलको अध्यक्षतामा भएको विरोध प्रदर्शनमा अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सदस्य जुबेर आलम, जिल्ल सचीव सोहेब आलम, वीरगंज महानगर अध्यक्ष विवेक साह, सचीव मिरोज अहमद, एहसान अन्सारी लागायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.