Home समाचार घरेलु तथा साना उद्योग कार्यालय गौरले मनाए सातौं उधोग दिवस

घरेलु तथा साना उद्योग कार्यालय गौरले मनाए सातौं उधोग दिवस

by अंकुश दैनिक
1 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, ९ मंसिर ।
घरेलु तथा साना उद्योग कार्यालय गौर रौतहटले बिहीबार सातौं उधोग दिवस भब्यताका साथ सम्पन्न गरेको छ।
आयोजित कार्यक्रममा तालिम प्राप्त गरी विगत चार वर्षदेखि लघु उधमीका रुपमा सफलता पुर्वक लघु उधोग संन्चालन गर्दै आएका ति उधमीहरुलाई उधोग दिवसको अवसरमा खादा ओढाई प्रमाण पत्र सहित सम्मान गरिएको छ। साथै उधमीहरुलाई राजश्व समयमै तिरी निर्धक्क पुर्वक ब्यापारी गर्न तथा आई पर्ने समस्यामा हामी सहयोग गर्ने प्रतिबद्धता उधोग बणिज्य संघ रौतहटका अध्यक्ष पंडित प्रसाद जयसवालले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता, बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही लगायतका सरकारी कार्यालयका प्रमुखहरुको उपस्थितमा कार्यक्रम संचालन गरिएको थियो भन्ने कार्यक्रमका अध्यक्ष घरेलु तथा साना उद्योग कार्यालय प्रमुख जयकान्त झाले हालको विश्व महामारी कोभिड १९ को कारणले स्वास्थ्य समेतलाई ध्यानमा राखी उधोग दिवस छोटो रुपमा मनाउने गरेको छु। यस कार्यालयबाट तालिम लिई हजारौं जना उधमी भई आफुमा निर्भर रहेको छ। सेवाग्राहीको लागि जती समय सेवाको लागि आफू तत्पर रहेको कुरा बताउदैँ कार्यक्रम सम्पन्न भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.