सुनको मूल्य तोलामा दुई सयले बढ्यो, चाँदीको भाउ घट्यो

27

काठमाडौं,

शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार नाै सय रुपैयाँ कायम भएको हो ।

तेजाबी सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ३६० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय २५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार दुई सय ३० रुपैयाँ कायम भएको थियो ।

https://ankushdaily.com/