Home समाचार नवनिर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन

नवनिर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन

by अंकुश दैनिक
0 views

वीरगञ्जको इनर्वामा नवनिर्मित धर्मशालाको सांसद यादवद्वारा उद्घाटन
वीरगञ्ज,
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य प्रदीप यादवले , विहे , ब्रतबन्ध जस्ता शुभकार्यका लागि होटल , पार्टी प्यालेशमा महङगो शुल्क तिर्नु पर्ने बाध्यता हटाउन आफु लागि परेको बताएका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १६ इनर्वामा नवनिर्मित धर्मशालाको शनिवार उद्घाटन गर्दै सांसद यादवले यसका लागि आफनो निर्वाचन क्षेत्रका हरेक वडामा सार्वजनिक धर्मशाला निर्माणमा आफुले जोड दिएको बताए ।
ईनर्वामा सांसद यादवकै संसदीय कोषबाट ३३ लाख रुपैयाको लागतमा निर्मित धर्मशालाको उद्घाटन गर्दै सांसद यादवले अब गरिब जनताले पनि धर्मशालाबाट धुमधामका साथ बिहे ब्रतबन्धका शुभकार्य र भोजभतेर गर्न सक्ने बताए । उनले आवश्यक्ता र जनताको मागलाई मध्यनजर गर्दै आगामी दिनमा पनि अन्य विकास निर्माणका कामलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए ।सांसद यादवले बिकास निर्माणका कार्य र योजनाको प्रत्यक्ष लाभ स्थानीय जनसमुदायले लिनु पर्ने र स्थानीय जनसमुदाय कै जिवन स्तरान्ेनतीका लागी विकास योजना र कार्यक्रम तिन वटै तहका सरकारले ल्याउनु पर्नेमा जोड दिए । उनले भने ,‘ गरिव जनताले महँगो रकम तिरेर होटल र पार्टी प्यालेशमा आफ्ना छोरा–छोरीको विवाह गराउँन सक्दैनन्, त्यसैले इनर्वाका जनताको माग र आवश्यकतालाइ मध्यनजर गरेर संसदीय कोषबाट धर्मशाला निर्माण गराएको हुँ ।धर्मशाला उद्घाटन कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष श्यामबाबु चौरसिया , जनता समाजवादी पार्टी नेपालका जिल्ला सदस्य लालदेव यादव, नगर अध्यक्ष ईश्वरचन्द्र यादव , ईकाइ अध्यक्ष अरुण यादव, ईकाइ उपाध्यक्ष शेखÞ अब्दुल ,स्थानीय नेता मदन यादव , अशोक साह , अनिल पटेल , विजय साह , फरिद आलम , युवा नेता शेख जलशुदिन , सदाम हुसैन संसदीय प्रतिनिधि घनश्याम गुप्ता लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा व १६ कि कार्यवाही अध्यक्ष विनिता साह ले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.