Home समाचार छात्राबासमा रहेका छात्रहरुको लागि सकेसम्म सहयोग गर्ने : प्रहरी प्रवक्ता खनाल

छात्राबासमा रहेका छात्रहरुको लागि सकेसम्म सहयोग गर्ने : प्रहरी प्रवक्ता खनाल

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, ११ मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले आयोजना गरेको सप्ताहब्यापी दिवा रात्री खाना खाजा खुवाउने कार्यक्रमको समापन गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक सेवा केन्द्र कुम्हालटोलले आइतबारदेखि जनजाती कल्याण आश्रम नेपाल आमाको माया छात्राबासमा खाना खुवाउने कार्यक्रम शुरु गरी आज समापन गरेको हो ।


सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्व र जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि पर्साका प्रहरी नायब उपरिक्षक खनालले सो छात्राबासको अवलोकन गर्दै छात्राबासमा बसोबास गर्ने छात्रहरुलाई आर्थिक सहयोग समेत गरेका थिए र उनले आउने दिनहरुमा पनि सकेसम्म सहयोग गर्ने जनाएका थिए ।


प्रहरी नायब उपरीक्षक खनाललाई सामुदायिक प्रहरी सेवा केन्द्र का महिला पदाधिकारी तथा छात्राहरु ले फुलको गुच्छा दिइदै माला लगाएर स्वागत गरेका थिए ।
कार्यक्रम सधै जस्तो देबी सरस्वती को बन्दाना गर्दै त्यहाका छात्राहरु सित रमाउदै रमाइलो गर्दै नाचगान सहित समापन गरिएको थियो ।

कार्यक्रममा चित्रकला, हस्तकालमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई कंचनज·ा बोर्डि· स्कुलको तर्फबाट मेडेल समेत प्रदान गरिएको थियो ।
समापन कार्यक्रममा सहयोगी दाताहरुबाट प्राप्त स्कुल ब्याग, कापी, कलम, बिद्यार्थीलाई चाहिने सामाग्री र जाडो चिसोबाट जोगिनको लागि न्यानो कपडा समेत प्रहरी नायब उपरीक्षक खनालले त्यहाँका छात्रहरुलाई वितरण गरेका थिए ।


त्यसैगरी कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले छात्राबासको लागि चाहिने सहयोग गर्ने बताए ।
कार्यक्रममा आमाको माया छात्राबासका अध्यक्ष भवरलाल, पारी नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उधोग संघका क्षेत्रीय अध्यक्ष रन्जित अग्रवाल, कन्चनज·ा बोर्डि· स्कुलका प्रबन्ध निर्देशक एवम् सामुदायिक प्रहरी सेवा केन्द्रका सल्लाहकार मार्टिन मोक्तान, मनोज मोरदिया, राजकुमार दारुका, पवन अग्रवाल, उत्तम अग्रवाल, सामुदायिक प्रहरी सेवा केन्द्रकी महिला उपाध्यक्ष सन्जु दहाल, उर्मिला प्रजापती, इन्दिरा पोखरेल, सम्झना मल्ल, सुनिता दहाल, राम बाबू रायमाझी, सामुदायिक प्रहरी कुम्हालटोलका महिला प्रहरी हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार बिक, विभिन्न संघ संस्थाका बिशेष ब्यक्ति लगायत सन्चार कर्मी, आमाको माया छात्रा बासका २४ बिद्यार्थी छात्रहरुको सहभागीता रहेको थियो ।


आउने दिनहरुमा पनि कुम्हालटोल सामुदायिक सेवा केन्द्रले सक्दो सहयोग गर्ने गर्ने अध्यक्ष रमेश चौधरीको भनाई रहेको थियो । कार्यक्रमको सहजीकरण मुनलाइट बोर्डि· एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार प्राध्यापक श्याम केशीले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.