Home समाचार सर्लाहीको बलरामा गोली चल्यो, मन्त्रीका पिएसहित दुई घाईते

सर्लाहीको बलरामा गोली चल्यो, मन्त्रीका पिएसहित दुई घाईते

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १२ मंसिर ।
सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा काँग्रेसको वडा अधिवेशन स्थलमा पार्टीकै दुई समूहबीच विवाद भएपछि गोली चलेको छ ।आइतबार दिउँसो अधिवेशन चलिरहेको समयमा काँग्रेस नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह त्यहाँ पुगेका थिए । सोही बेला काँग्रेस नेता एवं सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह र प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहका कार्यकर्ताबीच हात हालाहाल भएपछि मन्त्री सिंहका अ·रक्षकले एक राउण्ड हवाई फायर गरेका हुन् ।
विवादका क्रममा आफ्ना अ·रक्षक पीएसो प्रहरी हवल्दार रामचन्द्र ख· र सहयोगी रामचन्द्र महतो घाईते हुनुभएको मन्त्री सिंहले जानकारी दिए । घाईते दुवै जनाको जिल्ला अस्पताल मल·वामा उपचार चलिरहेको छ ।मन्त्री सिंहले डा. अमरेश कुमार सिंह निकटका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एकलौटी हिसाबले समिति चयन गर्न नपाएपछि आफू र आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएका छन् । विवादपछि अचलगढमा आइतवारका लागि काँग्रेसको वडा अधिवेशन स्थगित भएको छ ।
यस्तै, बलराकै वडा नं. ५ अर्नाहा र वडा नं. ११ छतौनामा पनि विवादकै कारण वडा अविधेशन स्थगित गरिएको छ । वडा नं. २, ३, ४, ६ र ७ मा भने सहमतीमा नेतृत्व चयन भएको छ ।११ वटा वडा रहेको बलरा नगरपालिकाका बाँकी वडाहरुमा सोमवार मतदान प्रक्रियामार्फत नेतृत्व चयन गरिने बताइएको छ । सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्रमा पर्ने बलरा नगरपालिका सुरक्षाको हिसाबले अति संवेदनशील मानिन्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.