Home समाचार अहेवलाई हटाई उपसचिवलाई प्रमुख प्रशासकिय अधिकृत बनाउन मागसहित न पा अगाडि प्रदर्शन

अहेवलाई हटाई उपसचिवलाई प्रमुख प्रशासकिय अधिकृत बनाउन मागसहित न पा अगाडि प्रदर्शन

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौहतट, १४ मंसिर ।
रौतहटको माधवनारायण नगरपालिकामा उपसचिवलाइ प्रमुख प्रशासकीय अधिकृत बनाउनुपर्ने भन्दै विभिन्न राजनैतिक दलहरुले प्रदर्शन गरेका छन् । नगर प्रमुख वीरेन्द्र यादवले आफ्नो स्वार्थको लागि अहेवलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर ल्याएको आरोप लगाउँदै ठुलो संख्यामा आएका उनीहरुले नगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतमा उपसचिवको दरबन्दी भएपनि अनावश्यक सोर्स लगाएर यसअघिका अधिकृत प्रलव कायस्थको सरुवा गराएर जसपा पार्टीका केन्द्रीय सदस्य चुल्हाई यादवका भाइ अहेव जियालाल यादवलाई प्रशासकीय अधिकृत बनाइएको प्रदर्शनकारीको आरोप छ ।
नगर प्रमुख यादवले आफु अनुकुलको प्रमुख प्रशासकिय अधिकृत ल्याएर भ्रष्ट्रचार गर्न बाटो खुलाएको नेपाली काँग्रेसका युवा नेता नितेश गुप्ताले आरोप लगाए । उनले नगर प्रमुख यादव निर्वाचित भएदेखिनै भष्ट्रचारमा चुर्लुम्म डुबेको आफु अनुकुलको हाकिम ल्याएर आफ्नो कर्तुत लुकाउन खोजेको आरोप लगाउँदै नगर प्रमुखको मनपरीतन्त्रको सबै मिलेर विरोध गरेको जनाए ।
‘नगर प्रमुखले नगरका हरेक काममा भष्ट्रचार गरेका छन्’ उनले आरोप लगाउँदै भने, ‘त्यहीँ भएर आफ्नो मान्छेलाई हाकिम बनाएर ल्याएका छन् । यसको विरुद्ध हामी चरणवद्ध आन्दोलन गर्छौ । सबैको भण्डाफोर गर्छौ ।’
आन्दोलनरत पक्षले नगरपालिकामा हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत अहेवलाई तत्काल सरुवा गराएर दरबन्दी अनुसारको उपसचिवलाई प्रमुख प्रशासकिय अधिकृत बनाएर ल्याउनु पर्ने ,आजसम्म नगरपालिकामा भएका भष्ट्रचारको अख्तियारले सत्यतथ्य छानवीन गर्नुपर्ने, नगरपालिकाले फर्स्यौट गरेका बिलहरु सुचनाको हक अन्तर्गत नगरपालिकाको वेबसाइटमा राखिनुपर्ने लगायतका माग राखेका छन् । आफुहरुको माग पुरा नभए थप कडा आन्दोलनमा गर्ने उत्रने चेतावनी दिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.