Home अन्तर्राष्ट्रिय तान्जानियामा कछुवाको मासु खाँदा सात जनाको मृत्यु

तान्जानियामा कछुवाको मासु खाँदा सात जनाको मृत्यु

by अंकुश दैनिक
0 views

एजेन्सी
दारेसलाम, १५ मंसिर
तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा एक बालक पनि छ । पेम्बा द्धीपका पाँचै जनाले कछुवाकाे मासु खाएका थिए ।

तान्जानियाका तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन छ । उनीहरुको मृत्युपछि स्थानीय प्रशासनले छुवाको मासु खान प्रतिबन्ध लगाएकाे छ ।

टर्टल फाउन्डेशन नामक संस्थाका अनुसार कछुवाले खाने विषालु लेउका कारण मासु पनि विष हुन्छ । विषालु मासुले विशेष गरी बालबालिका र वृद्धवृद्धालाई नराम्रो अशर गर्ने भन्दै संस्थाले आगामी दिनमा त्यस्तो मासु नखान सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

तान्जेनियामा कछुवाको मासु खाँदा बारम्बार मानिसहरुको मृत्यु हुने गरेको छ । यसअघि मार्चमा म्याडगस्करमा कछुवाको विषालु मासु खाँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.