Home समाचार लागुऔषध नाईट्रोभेट सहित दुई युवक पक्राउ

लागुऔषध नाईट्रोभेट सहित दुई युवक पक्राउ

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १४ मंसिर ।
रौतहट प्रहरीले गौरबाट ३ हजार थान नाइट्रोभेट लागुऔषध सहित दुई जना युवकलाई नियन्त्रणमा लिइएको छ ।
गौर नगरपालिका ३ स्थित अनिल मिट हाउसमा बसेर खाजा खाईरहेका दुई जना युवकले ठूलो परिमाणमा लागुऔषध राखेको खवर पाउना साथ जिल्ला प्रहरी कार्यालय गौरबाट खटिगएको प्रहरी टोलीले दुबै जना युवकका शरिर चेकजाँच गर्दा ३ हजार पिस नाइट्रोभेट ट्याबलेट सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं ४ टिकुलियाका १९ बर्षिय रोशनकुमार सहनी तथा २४ बर्षिय टिन्कुकुमार सिंहलाई ३ हजार थान भएको २०० स्ट्रीप नाइट्रोभेट सहित विआर ०५ए एल ४०६९ नम्वरको भारतीय नम्वरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको जानकारी जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले पक्राउ परेका विरुद्ध लागु औषध मुद्दामा जिल्ला अदालत गौरबाट म्याद थप गरेर अनुसन्धान भईरहेको बताईएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.