Home समाचार सिप सिकेर त्यसको सदुपयोग गरे मात्रै आत्मनिर्भर बन्न सकिन्छ : गापा अध्यक्ष साह

सिप सिकेर त्यसको सदुपयोग गरे मात्रै आत्मनिर्भर बन्न सकिन्छ : गापा अध्यक्ष साह

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
बारा, १४ मंसिर ।
परवानीपुर गाउँपालिकामा एक महिने सिलाई कटाई तालिमको आज उद्घाटन गरिएको छ । प्रोफेशनल क्रिएटिभ ट्रेनिंग सेन्टर प्रा.ली.को आयोजना तथा परवानीपुर गाउँपालिकाको सहजीकरणमा वडा न.२ मा एक महिने सिलाई कटाई तालिमको उद्घाटन गरिएको हो ।
बंशीधर गुप्ताको अध्यक्षतामा उद्घाटन गरिएको उक्त तालिमको प्रमुख अतिथि परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह रहनु भएका थिए ।
गापा अध्यक्ष साहले गाउपालिका भित्र रहेका महिलाहरुले सिप सिकेर आयआर्जन गरेमा उनीहरुको घरपरिवारमा केही सहयोग हुने तथा भोलीको दिनमा उनीहरु अरु कसैमा निर्भर नरहेर आफैमा आत्मनिर्भर समेत हुने बताएका थिए । उनले अहिलेको समय भनेको महिलाहरुले सिप सिकेर त्यसको सदुपयोग गर्नुपर्ने आएको बताए ।
तालिममा २० जना महिलाहरु सहभागि रहेका छन् भने सहभागी महिलाहरुलाइ यस तालिमबाट सिकेर आय आर्जन गर्न सक्यो भन्ने आफ्नो घर खर्चको लागी आफै सक्ष्म हुने भएकोले निरन्तरता दिदै सिप सिक्न वडा नं. २ का वडाअध्यक्ष इश्वरी प्रसाद साहले शुभकामना दिनु भएको थियो ।
कार्यक्रममा कैलाश चौरसिया, अरुण चौरसिया, बिजेन्द्र चौहान, सुरेश साह, अजय कुशवाहा, रामकुमार सोनल, प्रशिक्षक रिंकु देवी, पत्रकार जगत राइ लगायत महिला सहभागीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.