Home समाचार चेतनास्तरको विकास नहुँदासम्म बोक्सीजस्ता कुप्रथाहरुको अन्त्य हुँदैन : प्रजिअ ढकाल

चेतनास्तरको विकास नहुँदासम्म बोक्सीजस्ता कुप्रथाहरुको अन्त्य हुँदैन : प्रजिअ ढकाल

by अंकुश दैनिक
0 views

वीरगञ्ज, १५ मंसिर ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीन सिटी र मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल पोखराको संयुक्त आयोजनामा बोक्सी कुप्रथा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्ज पब्लिक कलेजको सभाहलमा लै·िक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सो सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले चेतनास्तरको विकास नहुँदा सम्म यस्ता कुप्रथाहरुको अन्त्य नहुने बताए । अशिक्षित व्यक्तिहरुले अंगिकार गरेका कुप्रथाहरुलाई शिक्षित जमातले पनि निरन्तरता दिनु अत्यन्तै दुखद विषय भएको बताउँदै प्रमुख जिल्ला अधिकारी ढकालले कुप्रथाको विरुद्धमा विद्यार्थीदेखि नै जागरुप बनाउनुपर्नेमा जोड दिए ।


प्रतिष्ठानका अध्यक्ष कोबिदशरण उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले मान्छे बोक्सी हुन्छ भन्ने गलत प्रवृतिको मानसिकता अन्त्य गर्नुपर्ने बताए । सबै नागरिकलाई समान दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड दिँदै प्रहरी उपरीक्षक बस्नेतले बोक्सीको आरोप लगाउनेहरुलाई कानुनी कारवाही गर्ने चेतावनी पनि दिए ।
राष्ट्रव्यापी शिक्षामुलक कार्यक्रमकै परिणामस्वरुप ९० प्रतिशत नागरिकलाई मान्छे बोक्सी हुँदैन भनेर बुझाउन सफल भएको प्रतिष्ठानका अध्यक्ष उपाध्यायको दावी छ । अभियानकै क्रममा बोक्सी भनिएका १ सय जना महिलाहरुलाई न्याय दिनुका साथै नागरिकलाई जनचेतना जगाउने अभियानमा हातेमालो गर्न पनि उपाध्यायले आह्वान गरेका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, बिपिसी कलेजका हरिरत्न तुलाधर लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा बोक्सी आरोप कु–प्रथा सम्वन्धी चेतनामुलक अग्निदहन प्रोजेक्टर मार्फत भिडियो समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल, पर्सा ट्राफिकका प्रहरी निरीक्षक सुमन कार्की, बिरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, पिन्सिपल हरीरत्न तुलाधर, बिरगंज पब्लिक कलेजका कोर्डिनेटर बासुदेव लाल कर्ण लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.