Home समाचार रौतहटको मावि विशुनपुर्वाको १८ गते हुने भनिएको व्यवस्थापन समितिको निर्वाचन स्थगीत

रौतहटको मावि विशुनपुर्वाको १८ गते हुने भनिएको व्यवस्थापन समितिको निर्वाचन स्थगीत

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १५ मंसिर ।
रौतहटको माधवनारायाण नगरपालिका ४ माध्यमिक विद्यालय विशुनपुर्वा मानपुरको विद्यालय व्यवस्थापन समिति निर्वाचन स्थगीत भएको छ ।
यहि मंसिर १८ गतेका लागि तोकिएको उक्त विद्यालयको व्यवस्थापन समितिको निर्वाचन अनिश्चितकालका लागि स्थगीत भएको छ । सो विद्यालयको व्यवस्थापन समिति चएन गर्न यसअघि विद्यालयमा दुपक्षिय झडप भएको र झडपका कारण कयौं व्यक्ति घाइते भएकोले अहिलेको अवस्थामा निर्वाचन गर्न उपयुक्त नभएकोले अर्को सुचना जारी नभएसम्मको लागि निर्वाचन स्थगीत गरिएको विद्यालयका प्रधानाध्यापक राजेश यादवले बताएका छन ।
व्यवस्थापन समितिको विषयलाई लिएर यसअघि विद्यालयमा झै झगडा भएको कारण अभिभावकहरु रिसाएकोले अहिलेको अवस्थामा निर्वाचन हुँदा फेरी वादविवाद भई शान्ति सुरक्षामा गम्भिर असर पर्ने भएको हुँदा हालको लागि चुनावी प्रक्रिया स्थगीत गर्न भनी माग भए बमोजिम तत्कालका लागि निर्वाचन स्थगीत गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आदेश दिएको छ ।
जिल्ला प्रशासन कार्यालयको आदेशानुसार हाललाई व्यवस्थापन समितिको निर्वाचन स्थगीत गरिएको प्रधानाध्यापक यादवले बताए ।
यसअघि स्थानीय पारस भण्डारी र वडा अध्यक्ष रामदेनी मुखिया समुहबीच व्यवस्थापन समितिको निर्वाचनको विषयलाई लिएर झडप भएको थियो ।
भण्डारी समुहले अध्यक्षमा निर्वाचित हुन प्रधानाध्यापक यादवको मिलोमतोमा आफुखुसी एकलौटी रुपमा निर्वाचनको मिति घोष्णा गरेको भन्दै वडा अध्यक्ष मुखिया समुहले हाललाई निर्वाचन प्रक्रिया स्थगीत गर्न जिल्ला प्रशासन कार्यालय गौरलाई आग्रह गरेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.