Home समाचार इम्पेरियल कलेजका कक्षा १२ का बिद्यार्थीद्वारा कक्षा ११ का बिद्यार्थीलाई स्वागत कार्यक्रमको आयोजना

इम्पेरियल कलेजका कक्षा १२ का बिद्यार्थीद्वारा कक्षा ११ का बिद्यार्थीलाई स्वागत कार्यक्रमको आयोजना

by अंकुश दैनिक
1 views

संतोष रन्जितकार
वीरगंज, १८ मंसिर ।
इम्पेरियल कलेजका कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का बिद्यार्थीलाई स्वागत कार्यक्रमको आयोजना गरेका छन् । वीरगंजको होटेल ओम पार्टी प्यालेसमा इम्पेरियल कलेज वीरगंजका प्रध्यापक राकेश गुप्ताको सभापतित्व स्वागत कार्यक्रमको आयोजना गरिएको हो ।


कार्यक्रममा प्रमुख अतिथी सिटिजन बैंक वीरगंज शाखाका प्रबन्ध दिवेश सिंह ठकुरीले दिप प्रज्जवलन गर्दै बिद्यार्थीको भविष्यको शुभकामना दिदै कार्यक्रम उद्घाटन गर्नु भएको थियो । आफू पनि बिद्यार्थीकालमा पढाईसंगै खेलकुद क्रिकेटलाई आफुले प्राथमिकतामा राखेको उहाँले बताउदै बिद्यार्थीहरुले शिक्षासंगसंगै खेलमा पनि लाग्नु पर्नेमा उतिकै जोड दिनु भएको थियो । भोलि कसैले सोधे पनि बिद्यार्थीको कार्य प्रती इम्पेरियल कलेजमा पढेको बिद्यार्थी हु भन्ने गर्भ कलेजलाई पनि होस् र प्रसंशा भईरहोस् प्रमुख अतिथी ठकुरीको भनाइ रहेको थियो ।
कलेजका शिक्षक शिक्षिकालाई खादा र टीका लगाउदै सम्मानपत्र समेत दिएका थिए भने बिद्यार्थीहरुले नृत्य नाचगान खेलकुदको आयोजना समेत गरेका थिए । कार्यक्रममा मन्जु श्री फाईनान्स वीरगंजका दिगम्बर थापा, कलेजका आलोक गुप्ता, जितेन्द्र पटेल, सन्जिब गुप्ता, बिजय केशरी लगायत सन्चारकर्मी र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.