Home समाचार छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

by अंकुश दैनिक
0 views

वीरगञ्ज, १८ मङ्सिर  :

पर्साको पटेर्वासुगौली गाउँपालिका(२ चाफीमा आज भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । बालुवा लोड गरिएको ना५त ४१०८ नंको टूयाक्टरले च्यापिएर पटेर्वा सुगौली(२ रङ्गपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
दमौली : तनहुँको व्यास नगरपालिका(११ फराकचौरमा आज दिउँसो भएको टूयाक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ग१त ६२८८ नंको टूयाक्टर सडकछेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा टूयाक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।(रासस)

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.