Home समाचार अवैध लागुऔषध खैरो हिरोइनसहित दुई पक्राउ

अवैध लागुऔषध खैरो हिरोइनसहित दुई पक्राउ

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, १९ मंसिर ।
पर्सा प्रहरीले अवैध लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मनवास्थित राजु डिजल ग्यारेजमा मोटरसाइकलको टड्ढीभित्र लुकाइछिपाई राखिएको अवस्थामा ना.५६ प ५४१७ नम्बरको पल्सर मोटरसाइकलको टड्ढीलाई चेकजाँच गर्दा टड्ढीभित्र कालो प्लाष्टिकले बेरिएको सात प्याकेटमा रहेको ३ दशमलव ५ ग्राम अवैध लागु औषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो ।
घटनास्थलबाट प्रहरीले मोटरसाइकल धनी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वा बस्ने २६ वर्षीय रामबाबु ठाकुरसहित मोटर साइकललाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको खनालले बताउनुभयो ।
घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा अवैध लागु औषध खैरो हिरोइनको कारोवारमा संलग्न भएको आरोपमा प्रहरीले आजै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली बस्ने २१ वर्षीय सहजाद मन्सुरीलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडी बढाएको प्रवक्ता खनालले जानकारी गराउनु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.