Home समाचार एक आपसमा सुमधुर सम्बन्ध कायम राख्ने उद्देश्यले दूतावासद्वारा ब्याडमिन्टन प्रतियोगिताको आयोजना

एक आपसमा सुमधुर सम्बन्ध कायम राख्ने उद्देश्यले दूतावासद्वारा ब्याडमिन्टन प्रतियोगिताको आयोजना

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, १९ मंसिर ।
भारतीय महावाणिज्य दूतावास वीरगंजले खेलभावनाको विकास गर्नका लागि दूतावास परिसरमा आज ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ । आजादीका अमृत महोत्सवको अवसर र वीरगन्जका सरकारी अधिकारीहरू तथा महावाणिज्य दूतावासबीच सुमधुर सम्बन्ध बढाउन उद्देश्यले महावाणिज्य दूतावास वीरगंजले सो ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको हो ।
वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले खेलकुदले मानिसको शरीर तन्दुरुस्त राख्नुको साथै यसका महत्त्वहरुको बारेमा जानकारी गराउंदै खेलभावनाको विकास गर्नको लागि सो ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको थियो ।
प्रतियोगितामा महावाणिज्य दूतावास, जिल्ला प्रशासन कार्यालय वीरगन्ज, जिल्ला प्रहरी कार्यालय वीरगन्ज, जिल्ला सशस्त्र प्रहरी कार्यालय वीरगन्ज, क्षेत्रीय कारागार कार्यालय वीरगन्ज र नेपाल राष्ट्र बैंक वीरगन्जका पदाधिकारी सम्मिलित पाँच डबल्स टोलीले सहभागिता जनाएका थिए ।
सौहार्दताको प्रतीकको रूपमा प्रत्येक टोलीका दुई सदस्यहरूमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू थिए । पर्सा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल र नेपाल प्रहरीका प्रतिनिधि सम्मिलित टोली विजेता घोषित भएको थियो भने प्रमुख जिल्ला अधिकारी र नेपाल राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित टोली उपविजेता हुन पुगेको थियो ।
प्रतियोगितामा वाणिज्य दूतावासका पदाधिकारी, कर्मचारी र सहभागी विभिन्न संघसंस्थाको बिशेष ब्यक्तिको सहभागीता रहेको थियो भने विजेता र सहभागी टोलीलाई महावाणिज्यदूत नितेश कुमारले ट्रफी समेत हस्तान्तरण गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.