Home मुख्य समाचार कोरोनाविरुद्धको खोप लगाएकी ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

कोरोनाविरुद्धको खोप लगाएकी ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

by अंकुश दैनिक
0 views

वाग्मती ।

कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको मङ्गलवार बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई करोना सङ्क्रमण हुनु अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.