Home समाचार कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक, रामचन्द्र पौडलले गरे बहिस्कार

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक, रामचन्द्र पौडलले गरे बहिस्कार

by अंकुश दैनिक
0 views

काठमाडौं, २३ मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

शुक्रबारबाट पार्टीको १४औँ महाधिवेशन सुरु हुँदै छ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । तर, नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ ।

सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराएका छन् ।

सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गरेका हुन् ।

उनले कांग्रेसले सर्वसम्मत विधान संशोधन गर्ने गरेको इतिहास रहेको सभापति देउवालाई स्मरण पनि गराएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.