Home राजनीति कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

कांग्रेस बैठक सम्पन्न : महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित

by अंकुश दैनिक
0 views

काठमाडौं, २३ मंसिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबारको बैठकले महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पारित भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए ।

बिहीबारको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने प्रस्ताव लैजाने तयारी भएको भनिए पनि बैठकमा त्यस्तो कुनै प्रस्ताव पेस भएन। काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ । 

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.