Home समाचार श्रीसिया नदी प्रदुषण रोक्न अब सक्रिय भएर लाग्ने : अध्यक्ष कुर्मी

श्रीसिया नदी प्रदुषण रोक्न अब सक्रिय भएर लाग्ने : अध्यक्ष कुर्मी

by अंकुश दैनिक
0 views

वीरगंज, २४ मंसिर ।
श्रीसिया नदी लामो समयदेखि प्रदुषण भएपछि स्थानीयहरुलाई सास्ती भएको भन्दै यसलाई रोकथाम गर्न श्रीसिया नदी प्रदुषण नियन्त्रण अभियान शुरु गर्न अब सक्रिय रुपमा लाग्ने अध्यक्ष सुरेन्द्र कुर्मीले बताएका छन् । अधिवक्ता समेत रहेका कुर्मीले अब जनताहरुलाई स्वच्छ पानी आवश्यकता भएकोले उद्योगहरुले फोहर पानी फाल्ने गर्नाले श्रीसिया नदीको कुरुप नै परिवर्तन हुन थालेपछि गाईभैसीहरुलाई पानीको समस्या र मानिसहरुलाई दुर्गन्ध आउने गर्नाले विभिन्न किसिमका रोगहरु उब्जिन थालेपछि श्रीसिया नदी प्रदुषण नियन्त्रण अभियान आज रेल्वे कटेजमा बैठक बसी विभिन्न निर्णयहरु गरी पारित गरेको छ ।
बैठकले आगामी पौष ९ गते घण्टाघरमा वृहत खुल्ला अन्तरक्रिया कार्यक्रम आयोजना गरिने र उक्त कार्यक्रममा मन्त्री, सांसद, राजनीतिक दलका प्रतिनिधि, प्रशासनका प्रमुख, गैर सरकारी संस्थाहरु, उद्योगपति, व्यापारी, सरोकारवालाहरु र छिमेकी देश भारतबाट प्रभुत्व व्यक्तिहरुलाई समेत उपस्थित गराई सो कार्यक्रम आयोजना गर्ने भएको छ ।
प्रदषण नियन्त्रण गर्ने बहानामा विगतमा केही व्यक्तिहरुले आर्थिक लाभ लिएको भएपनि अब यस्ता लाभ लिने व्यक्तिहरुलाई खबरदारी गर्दै मानवीय जीवनसँग खेलवाड गर्ने जो कोहीलाई पनि आफुहरुले निस्वार्थ भावनामा लागेर प्रदुषित पानीलाई शुद्धता बनाएरै छाड्ने प्रतिवद्धता जनाउनु पर्ने सो बैठकबाट आवाजहरु उठेको थियो ।
श्रीसिया नदीसँग जोडिएका मानिसहरु सधैँ पीडित र दुर्गन्धित हुने भएकोले यसपटक उनीहरुको पूर्ण सहयोग आफुहरुले पाउने भएकोले श्रीसिया नदीमा फोहोर फाल्ने उद्योगहरुलाई कडा रुपमा प्रस्तुत हुने समेत जनाइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.