Home समाचार सशस्त्र डिआइजीको घुमुवा आतंक राजस्व छली गर्न गराउनमा व्यस्त ,महिनावारी ३० हजार नदिएपछि भन्सारमा समान बुझाउदै

सशस्त्र डिआइजीको घुमुवा आतंक राजस्व छली गर्न गराउनमा व्यस्त ,महिनावारी ३० हजार नदिएपछि भन्सारमा समान बुझाउदै

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट ,२८ मंसिर ।
रौतहट सशस्त्र प्रहरी घुमुवाले आफ्नो महिनावारी बढाउन भ्याट बिल सहितको समान गौर भन्सारमा बुझाएका छन् ।
मंगलवार आज विहान ११ बजे गौर–चपुर हाइवे सडक विच पर्ने बमनहर चौक स्थितबाट सुमिन्त्रा किराना पसल गौर,रौतहटको भ्याट बिल क्रेता प्रजापति किराना पसल गरुडा लग्दै गरेको किराना समानलाई सशस्त्र प्रहरी डिआईजीको घुमुवा रविकान्त मिश्र र सशस्त्र प्रहरी ११ नम्बर गणका घुमुवा उमेश पंडितले भ्याट बिल आफ्नो गोजीमा राखि भन्सार चलान गरेको छ । डिआइजीको घुमुवा रविकान्त मिश्रले अनलाईन अर्डरको बिल सहितका समान टेम्पो रिक्सामा लग्दै गरेकोमा भ्याट बिल चालकबाट लिई सुमिन्त्रा किराना पसल गौरका प्रोप्राइटर अमरेन्द्र कुमार जयसवाल संग आफ्नो फोन मार्फत ३० गो भेज भनेर अडियो रेकर्डले पुस्टी गरेको छ।
डिआईजीका घुमुवा मिश्र र ११ नम्बर गणका घुमुवा उमेश पंडितले प्रोपाइटर जयसवाल मार्केटिङ गर्न मौलापुर क्षेत्र तिर गएको सोही क्रममा आफ्नो कुराकानी गरेपछी टेम्पु चालक संग प्रोप्राइटरलाई बोलाउ छेउमा कुरा गर्नु छ ।
प्रजापति किराना पसल गरुडाले डिपार्टमेन्ट औफ रिभ्यु इन्भेष्टिगेसन हरिहरभवन ,ललितपुरलाई अनलाइन अर्डर गरेका थिए।
डीपार्टमेन्ट औफ रिभ्यु इन्भेष्टिगेसन हरिहरभवन ,ललितपुरले २०७८ मंसिर २७ गते हिजो आइतबारका दिन सो समान उपलब्ध गराउन सुमिनत्रा किराना पसल गौरको नाममा डिपार्चर चिठ्ठी काटिएको पत्र पनि स·ै हुदा हुदा पनि प्रजापति किराना पसल गरुडाको रु.४५९९१बराबरको समान डिआइजीका घुमुवा मिश्रले बार्गेनिङ नमिल्दा गौर भन्सारमा बुझाएको छ।
मिश्रले फोन मार्फत प्रोप्राइटर अमरेन्द्रकुमार जयसवालसित कुराकानी गर्दा ३० गो जल्दि भेज भनेको अर्थ ३० हजारको मासिक हामी दिनुपर्ने सर्त नमाने भन्सार बुझाइएको अडियो मा प्रष्ट सुनिएको छ ।
क्रेताको भ्याट नम्बर ६०१३६६६६२ बिजक जारी भएको मिति २०७८/८/२७ गतेको प्रजापति किराना पसल (पान नम्बर ३००६४६३९३)गरुडाको समान, पतंजी १ बोरा (५ काटुन)दर १४४० जम्मा मुल्य ७२००।–, पारले जी २० काटुन (४ बोरा)दर ११०० जम्मा मुल्य २२०००।००, सेम्पु १ बोरा (३कार्टुन)दर १८०० जम्मा मुल्य ५४००।००, पारले क्रीम ५ कार्टुन ११५० जम्मा मुल्य ५७५०।०० गरी जम्मा रकम ४०,७००।०० हुन्छ, जसमा १३% प्रतिशतले कर रु. ५२९१।०० हुन्छ र कुल रकम ४५,९९१।०० बराबर समान जुन सरकार ५२९१ रुपैया कर तिरि समान बिक्रीवितरण गरिरहदा डिआईजी घुमुवा रविकान्त मिश्र र ११ नम्बर गणका घुमुवा उमेश पंडितले ३० हजार देउ नत्र भन्सार बुझाई दिन्छु नदिए भन्सार बुझाइएको प्रोप्राइटर अमरेन्द्र कुमार जयसवाल बताएका छन् ।
नेपाल सरकार संग कर छलि गर अनि हामी महिनावारी दे भन्दा भन्दै पनि प्रो.जयसवाल न मानेपछी सो समानको भ्याट बिल गोजीमा राखि वेवारिसे समान भनेर भन्सार बुझाइएको बताएका छन् ।
सरकार राजस्व छलि गर्न गराउनमा नेपाल सरकार अर्थात डिआइजीको घुमुवा सहयोग गर्दै यस अडियोले लाखौ व्यापारी सित गराउदै आइरहेको पुष्टि भएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.