Home समाचार सप्ताहव्यापी ट्राफिक सचेतना अभियानलाई निरन्तरता, तेस्रो दिन विभिन्न स्थानहरुमा पर्चा–पम्प्लेट वितरण

सप्ताहव्यापी ट्राफिक सचेतना अभियानलाई निरन्तरता, तेस्रो दिन विभिन्न स्थानहरुमा पर्चा–पम्प्लेट वितरण

by अंकुश दैनिक
1 views

संतोष रन्जितकार
वीरगंज, २९ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक कार्यालय पर्साले संयुक्त रुपमा सप्ताहव्यापी ट्राफिक अभियानलाई निरन्तरता दिएका छन् । विभिन्न किसिमका सवारी दुर्घटनाबाट जोगिनको लागि ट्राफिक नियमको सही तरिकाले पालना गर्न गराउनका शुरु गरिएको सप्ताहव्यापी ट्राफिक सचेतना कार्यक्रमको आज तेस्रो दिन वीरगञ्जको बस पार्क, ड्राईपोर्ट र परवानीपुरमा विभिन्न ट्राफिक नियमहरु लेखिएको सचेतनामुलक पर्चा पम्पलेट वितरण गरिएको हो ।


ठूला साना सवारी चालक तथा सहचालकहरुलाई पर्चा वितरणका साथै सन्देशमुलक जिंगल बजाएर सचेत गराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिए ।
सो अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष एवम् पर्सा नारायणी यातायात बस ब्यवसायी संघका अध्यक्ष जगत साह कानु, श्रीपुर वडा प्रहरी कार्यालया प्रहरी निरीक्षक दिनेश गौतम, प्रदेश नम्बर २ बिपत ब्यवस्थापन गुल्मका प्रहरी निरीक्षक नितेश सिंह , ब्यवस्थित बिरगंजका दिलिप कार्की, अक्लेश साह, यल.आइडी युथका शितल थापा, आकाश दास, बस सञ्चालक, स्टाफ, चालक, सह–चालक, ट्राफिक प्रहरी लागयत सन्चारकर्मीको उपस्तिथि रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.