Home अन्तर्राष्ट्रिय भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियो ओमक्रोन

भारतमा दुई युनियन टेरिटोरी र ११ राज्यका १२६ जनामा देखियो ओमक्रोन

by अंकुश दैनिक
0 views

एजेन्सी
कर्नाटक, ४ पुस
भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएकाे छ । कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । यो सँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार महाराष्ट्रमा ४३,  दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुज्रातमा सात  र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ । त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम वंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ ।

कर्नाटकमा संक्रमित ६ मध्ये एक जना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो । संक्रमित सबै जनालाई आइसोलनमा छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.