Home समाचार वीरगंजमा पनि येशु ख्रिष्टको जन्मोत्सव मनाइयो

वीरगंजमा पनि येशु ख्रिष्टको जन्मोत्सव मनाइयो

by अंकुश दैनिक
0 views

वीरगञ्ज, ३ पुष ।
येशु ख्रिष्टको जन्मोत्सवको अवसरमा समाजले वीरगञ्जमा र्‍याली निकालेको छ । वीरगञ्जमा ख्रिष्टियन समाज पर्साको आयोजनामा शान्तिपुर्ण र्‍याली तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
इसाई समाज प्रदेश नम्बर २ का अध्यक्ष डा. पिटर कमलेश्वर सिँहले प्रार्थना गरेर वीरगञ्जको घण्टाघरबाट सुरु भएको र्‍याली माईस्थान, आदर्शनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुन: घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
ख्रिष्टियन समाज पर्साका अध्यक्ष पास्टर बाबुराम क्षेत्रीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा देशवासीसहित पर्सावासीहरुको शान्ती र समृद्धिको लागि प्रार्थना गरिएको समाजका महासचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।
महासचिव घिमिरेका अनुसार कार्यक्रममा वीरगञ्जसहित विभिन्न चर्चका पास्टर (धर्मगुरु) ले धार्मिक सहिष्णुता कायम गर्नुका साथै आफ्नो धर्मका रिती रिवाजलाई सहजै अवलम्बन गर्ने वातावरणको निर्माण हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजिकरण समाजका महासचिव घिमिरेले गरेका थिए ।
वीरगंजमा पनि ख्रिष्टयनहरुले आफ्नो पर्वको अवसर पारेर र्‍याली तथा शुभकामना आदान–प्रदान गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.