Home समाचार विश्वमा सात हजार भाषा, हरेक महिना एउटा भाषा लोपन्मुख अवस्थामा

विश्वमा सात हजार भाषा, हरेक महिना एउटा भाषा लोपन्मुख अवस्थामा

by अंकुश दैनिक
0 views

एजेन्सी
न्युयोर्क, ६ पुस
हामीले बोल्ने भाषा शब्द र आवाजहरुको एउटा संग्रह मात्र होइन् । भाषाले संसारलाई नै आफ्नै ढंगले अद्दितीय संसार र संस्कृतिको प्रतिनिधित्व गर्छ । शब्द र आवाज शताब्दीऔं देखिको मानिसको अनुभव, चिन्तन, भावना हो । तसर्थ, भाषा हराएमा मानवताको ढोका पनि बन्द हुन्छ ।

नेचर इकोलोजी एन्ड इभोलुसनमा प्रकाशित एक अध्ययन अनुसार यसै शताब्दिको अन्त्यसम्ममा १५० भन्दा बढी भाषाको लोप हुनेछ । विभिन्न तत्वहरुले भाषालाई लोपन्मुख अवस्थामा पु¥याएको अध्ययनमा दर्शाइएको छ ।

अहिले विश्वभर ६ हजार पाँच सयदेखि सात हजार भाषा बोलिन्छ । अस्ट्रेलियाको नेसनल युनिभर्सिटी (एएनआइ) ले गरेका सोे अध्ययनमा विश्वका आधा भन्दा बढी भाषा ठूलो जोखिममा छन् ।

अध्ययनका सहलेखक फेलिसिटी मिकिन्सका अनुसार आगामी ४० वर्षमा विश्वमा भाषाको संख्या तीन गुणाले लोप हुनेछ । यसको अर्थ हरेक महिना एउटा भाषा लोप हुनेछ । अध्ययनअनुसार समुदायिक तहको अभिलेख र द्विभाषी शिक्षामा तत्काल लगानी गर्न आवश्यक छ ।

आप्रवासी, वित्तिय समस्या, राजनीतिलगायतका विषयले भाषामाथि अतिक्रमण गरेका छन् । औपनिवेशिक मानसिकताका कारण अस्ट्रेलियाको आदिवासीको भाषा लोपन्मुख अवस्थामा पुगेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

आफ्नो मातृभाषा प्रयोग गरेका कारण आदिवासीलाई विभिन्न सजाय दिइएको उनीहरुको भनाई छ । यस्तो अवस्थामा बालबालिकाले मातृभाषा विर्सन थालेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.