Home समाचार आगोले जलेर २ बालबालिकाको मृत्यु, आगो निभेपछी पुग्छ दमकल

आगोले जलेर २ बालबालिकाको मृत्यु, आगो निभेपछी पुग्छ दमकल

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट ।
रौतहटको पश्चिममिभेग फतुवा बिजयपुर नगरक्षेत्रभित्र एकघरमा आगलागी हुंदा २ बालबालिकाको जलेर ज्यान गएको छ । आगलागीमा परेर फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवको ४ बर्षिया छोरी आराध्य यादव र सोही ठाउँका संदिप साहको ५ बर्षिय छोरा रोहित साहको ज्यान गएको हो।
बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरमा मंगलबार दिउँसो २ बजे अचानक भएको आगलागी बाट ४ बर्षिया बालिका आराध्यको घटनास्थलमै जलेर मृत्यु भएको थियो । आगलागी बाट शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख ईन्स्पेक्टर बिष्णु विश्वकर्माले बताएका छन । मदन यादवको घरबाट सल्किएर छेउमै दांईगर्न राखिएको धानको भारिमा एकैपटक आगलागी हुंदा घरभित्रै खेलिरहेका बालबालिका चारैतिर बाट आगो बलेको कारण बाहिर निक्लन सकेका थिएनन् ।
आगोको ठुलो मुस्लोको कारण घरभित्र केहिबेर कुनै मानिस जान नसक्दा ४ बर्षिया आरध्यको जलेर घटना स्थलमै मृत्यु भएको थियो ।
आगोको मुस्लो कम भएपछि ५ बर्षका रोहित लाई गाउँलेहरुले उद्वार गरेर उपचारको लागि एम्बुलेन्स बाट बिरगंज पठाएको थियो । तर बिरगंजमा उपचार संभव नहुंदा रोहित लाई उपचारको लागि मंगलबारनै काठमाडौ रेफर गरेको प्रहरीले जनाएको छ ।
आगलागी बाट मदन यादवको घर तथा घरमा रहेको अन्न,लत्ताकपडा लगायत सबै सामान जलेर २ लाख ५० हजार बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
त्यसैगरी रामबिश्वास यादवको १६० भन्दाबढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय बिजयपुरका प्र नि बिष्णु विश्वकर्माको कमान्डमा गएको प्रहरी टोलि तथा गाउँलेहरुको प्रयासमा झन्डै १ घन्टामा आगलागी नियन्त्रणमा आएको थियो ।
आगलागी नियन्त्रण पछि पुग्यो बारुणयन्त्र दमकल फतुवाबिजयपुर,कटहरिया,बौधिमाई,राजपुर,परोहा, यमुनामाई गा पा लगायतका आधिकांस स्थानीय तहमा आगो निभाउने बारुणयन्त्र दमकल उपलब्ध छैन।भन्ने प्रहरीको अनुरोधमा जिल्ला सदरमुकाम गौरबाट आएको बारुणयन्त्र दमकल आगलागी भएको झन्डै डेढ घन्टा पछि साढे ३ बजे घटनास्थल फतुवा बिजयपुर १ बरगिनिया गाउँमा पुगेको थियो ।
रौतहटको १८ वटै स्थानीय तह मध्ये प्रायः सबै तहका प्रमुख उपप्रमुखलाई चढ्न करोडौंको लगानीमा बिलासी गाडीहरु
खरिद भएको छ । तर कुनै पनि स्थानीयतहका प्रमुखहरुले बारुणयन्त्र दमकल खरिद नगरेको कारण सो क्षेत्रमा आगलागीको घटना हुंदा बारुणयन्त्र दमकलको लागि घन्टौ कुर्नुपर्ने बाध्यता रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.