Home मुख्य समाचार कांग्रेस महाधिवेशन: नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार प्रमाणपत्र,पहिलो बैठक शनिबार

कांग्रेस महाधिवेशन: नवनिर्वाचित कार्यसमितिलाई शुक्रबार प्रमाणपत्र,पहिलो बैठक शनिबार

by अंकुश दैनिक
1 views

काठमाडौं ।१४औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको पहिलो बैठक आगामी पुस १० गते बस्ने भएको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने गरी तयारी भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार बिहीबार मतगणना सकिएपछि ९ गते शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने र १० गते केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने छ ।

संघीय संरचना अनुसार तयार भएको कांग्रेसको नयाँ विधान अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । जसमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित हुनेछन् । कोषाध्यक्ष र ३३ जना थप केन्द्रीय सदस्य पनि मनोनित गर्नुपर्ने विधानमा ब्यवस्था छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.