Home मुख्य समाचार काँग्रेस केन्द्रीय समितिमा देउवाको ८१ प्रतिशत भन्दा बढीको पकड

काँग्रेस केन्द्रीय समितिमा देउवाको ८१ प्रतिशत भन्दा बढीको पकड

by अंकुश दैनिक
0 views

काठमाडौँ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको काम सकिएको छ। बाँकी रहेको मतगणना बिहीबार सकिएसँगै १४ औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनले पूर्णता पाएको हो। काँग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि २७ गते निर्वाचन भएको थियो।

काँग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो। निर्वाचनमा ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए।

एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सह महामन्त्री सहित १३४ पदमध्ये सभापति शेरबहादुर देउवा पक्षले दुई तिहाइ भन्दा बढी पदमा जित हात पारेको छ। पदाधिकारी र केन्द्रीय सदस्य गरी देउवा पक्षका १०९ उम्मेदवार विजयी भएका छन्। इतर पक्षबाट जम्मा २३ जना मात्र निर्वाचित भएका छन्।

यस हिसाबमा केन्द्रीय कार्यसमितिमा देउवा पक्षको  ८१ दशमलव ३४  पुगेको छ।

सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.