Home अन्तर्राष्ट्रिय ७९ वर्षीय बाइडेनले भने –भाग्यमा विश्वास छ, अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्छु

७९ वर्षीय बाइडेनले भने –भाग्यमा विश्वास छ, अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्छु

by अंकुश दैनिक
0 views

एजेन्सी
न्युयोर्क, ९ पुस
अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी सन् २०२४ हुने राष्ट्रपति निर्वाचनमा पुनः प्रतिष्प्रर्धा गर्ने बताएका छन् । आफू अहिले जस्तै स्वस्थ रहे आगामी निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने बाइडेनले बताएका हुन् ।

अमेरिकी टेलिभिजन एबीसीसँगको एक अन्तर्वार्तामा  ७९ वर्षीय बाइडेनले भने, ‘हो, स्वास्थ्यले साथ दिए फेरि पनि निर्वाचनमा उठ्नेछु ।’

उनले अगाडि भने, ‘म भाग्यमा धेरै विश्वास गर्छु । धेरै पटक भाग्यले मेरो जीवनमा हस्तक्षेप गरेको छ । अहिले म स्वस्थ छु । यस्तै स्वस्थ रहे आगामी निर्वाचनमा फेरि प्रतिष्प्रर्धा गर्नेछु ।’

आगामी निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले उम्मेदवारी दिए जुन सुकै हालमा आफूले उम्मेदवारी दिने उनले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.